
एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ताले इरान, पाकिस्तान र क्षेत्रका अन्य मित्रहरू बीचको सम्पर्क र परामर्श जारी रहने बताएका छन् ।
प्रवक्ताले वार्ता अविश्वासको वातावरणमा सम्पन्न भएको बताए । ‘एउटै सत्रमा सम्झौतामा पुग्ने अपेक्षा नगर्नु स्वाभाविक हो,’ उनले थपे ।
प्रवक्ताले वार्ताका क्रममा दुवै पक्ष कतिपय बुँदाहरूमा सहमत भएको तर दुईवटा महत्त्वपूर्ण विषयमा भने धारणा बाझिएको र यसले कुनै ठोस सम्झौताको रूप लिन नसकेको बताए ।
इरानलाई वार्ताका लागि कुनै हतार नभएको त्यस देशको समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै भनेको छ ।
साथै, अमेरिकाले ‘तार्किक सम्झौता’ मा सहमति नजनाएसम्म हर्मुज जलयोजकको स्थितिमा कुनै परिवर्तन नहुने बताइएको छ ।
तेहरानले तार्किक प्रस्तावहरू पेस गरेको र इरान वार्ता गर्न हतारमा छैन, एक जानकार स्रोतले तस्निम समाचार एजेन्सीलाई बतायो । अब निर्णय अमेरिकाको हातमा रहेको उनको भनाइ छ ।








प्रतिक्रिया