
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठकमा बोल्दै फरक शैलीको प्रस्ताव अघि सारेका छन् ।
उनले सांसदहरूलाई समर्थन जनाउँदा टेबल ठोक्ने परम्पराको सट्टा ताली बजाउने अभ्यास गर्न सुझाव दिए ।
साम्पाङको सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले टेबल ठोकेर समर्थन जनाएका थिए । त्यसतर्फ संकेत गर्दै उनले आफूले अलि अनौठो कुरा उठाउन लागेको बताए ।
उनले भने, ‘अलिक फरक प्रस्ताव राख्न चाहन्छु । अबदेखि हामीले टेबल–कुर्सी ठोक्नेभन्दा ताली बजाउने गरौँ न । टेबल–कुर्सी ठोक्ने, त्यसमाथि चढ्ने जस्ता गतिविधि राम्रो देखिएको छैन । त्यसैले मन परेमा आफ्नै दुई हातले ताली बजाउँदा अझ सभ्य र राम्रो देखिन्थ्यो होला ।’
तर विडम्बना, उनको सम्बोधन सकिएपछि भने सांसदहरूले पुरानै शैलीअनुसार टेबल नै ठोके ।








प्रतिक्रिया