
एजेन्सी । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पिरहुसेन कोलिभान्डले इरानमाथि अमेरिका–इजरायली आक्रमणका क्रममा देशभर कुल १ लाख २५ हजार ६३० नागरिक संरचनाहरूमा क्षति पुगेको बताएका छन् ।
अल जजीराले इर्ना समाचार एजेन्सीलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो ।
कोलिभान्डका अनुसार, क्षतिग्रस्त स्थानहरूमध्ये २३ हजार ५०० व्यापारिक केन्द्र र व्यवसायिक स्थलहरू हुन् भने ३३९ वटा अस्पताल, औषधि पसल (फार्मेसी), प्रयोगशाला, स्वास्थ्य केन्द्र र आकस्मिक कक्षसहितका स्वास्थ्य केन्द्रहरू रहेका छन्।








प्रतिक्रिया