आफू निकटका न्यायाधिशलाई निवासमै बोलाएर छलफल गर्दै पराजुली




काठमाडौं । न्यायापरिषदले उमेर हदको कारण भन्दै अबकाश दिएका प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुली आफू निकटका न्यायाधिश, न्यायापरिषद सदस्य र कानुन ब्यवसायीसँग परामर्शमा जुटेका छन् ।

परिसद सचिब नृपध्वज निरौलाले पराजुलीको उमेर हदको कारण गत साउन २१ गते नै अबकाश पाएको पत्र दिएपछि पराजुली यस्तो छलफलमा जुटेका हुन् ।

अहिले पराजुली आफू निकटका सर्बोच्चका न्यायाधिश, परिषद सदस्य र केही कानुन ब्यवसायीसँग परामर्श गरिरहेको पराजुली निकट स्रोतले जानकारी दियो ।

सो छलफलमा परिषदको बैठक बोलाउने नबोलाउने बारेमा पनि छलफल भएको छ । परिषद अध्यक्ष प्रधानन्यायाधिश हुन्छन् ।

यता बरिष्ठ अधिबक्ता रामनारायण बिडारीले न्यायापरिषद सचिबलाई प्रधानन्यायाधिशलाई अवकास दिने अधिकार नभएको बताउँछन् ।


क्लिकमान्डु