आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

756
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको जनाएको छ ।

बिहीबार सुन तोलाको २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६० रुपैयाँमा कायम भएको छ ।