हिज्बोल्लाह प्रमुखका सचिवलाई सफाया गरेको इजरायलको दाबी

154
Shares

एजेन्सी । इजरायलले बुधबार गरेको एक आक्रमणमा हिजबुल्लाह प्रमुख नइम कासिमका सचिव मारिएको बताएको छ ।

इजरायली सेनाले भनेको छ, ‘इजरायली रक्षा बलले बेरुत क्षेत्रमा आक्रमण गरी हिजबुल्लाहका महासचिव नइम कासिमका निजी सचिव र भतिजा अली युसुफ हर्सीलाई मारेको छ ।’

सेनाले थप जानकारी दिँदै भन्यो, ‘हर्सी हिजबुल्लाहका महासचिव नइम कासिमका निकट सहयोगी र व्यक्तिगत सल्लाहकार थिए र उनले कासिमको कार्यालय तथा सुरक्षा व्यवस्थापनमा केन्द्रीय भूमिका खेल्ने गरेका थिए ।’

Skip This