इरानको युरेनियमलाई व्यवस्थापन गरिने ट्रम्पको स्पष्टोक्ति

525
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको अस्थायी युद्धविराम पूर्ण र समग्र विजय भएको दाबी गरेका छन् ।

युद्धविरामको घोषणा भएको केही समयपछि एजेन्स फ्रान्स–प्रेससँगको फोन अन्तर्वार्तामा उनले युरेनियमको मुद्दालाई पूर्ण रूपमा सम्बोधन गरिने भनेका छन् ।

ट्रम्पले यस सम्झौता अन्तर्गत इरानको संवर्धित युरेनियमको भण्डारको मुद्दालाई पूर्ण रूपमा सम्बोधन गरिने बताए । ‘नत्र मैले यो सहमति गर्ने थिइनँ,’ उनले भने ।

यसअघि यसबारे प्रश्न सोधिँदा राष्ट्रपतिले इरानी शासनको भण्डारको बारेमा आफूलाई मतलब छैन भनेका थिए र यसलाई स्याटेलाइट मार्फत निगरानी गर्न सकिने तर्क गरेका थिए ।

इरानको सर्वोच्च परिषद्ले आफूहरू दुई हप्ते अस्थायी युद्धविराममा सहमत भएको बताएको छ र थप वार्ता शुक्रबार १० अप्रिलमा इस्लामाबादमा हुनेछ । उनीहरूको वार्ताको प्रस्थान विन्दु जसलाई ट्रम्पले पहिले व्यावहारिक भनेका थिए त्यसमा हर्मुज जलयोजकमा इरानको नियन्त्रण कायम राख्ने र यस क्षेत्रबाट सबै अमेरिकी सैन्य बलहरूको पूर्ण फिर्ती समावेश छ ।

यस क्षेत्रमा आक्रमण र मिसाइल प्रहारहरू अझै जारी रहेकाले यो युद्धविराम कहिलेदेखि लागू हुनेछ भन्ने कुरा अझै अस्पष्ट छ ।