आज तोलामै ७ हजार २ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

1.1k
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ वृद्धि भएको छ ।

आज सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ७ हजार २ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार प्रतितोला चार हजार आठ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार २५ रूपैयाँ तोकिएको छ।