इजरायलका नेपालीका लागि दूतावासले जारी गर्‍यो आठबुँदे सूचना

0
Shares

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूका लागि ‘जरुरी सूचना’ जारी गरेको छ।

दूतावासले मंगलबार जारी गरेको सूचनाअनुसार मध्यपूर्वमा जारी युद्धलाई ध्यान दिँदै इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरूलाई पालना गर्न ८ बुंदे सूचना जारी गरेको छ । यो सूचना जारी भएपश्चात् इजरायल(अमेरिका र इरानबिच जारी युद्ध २ हप्ताका लागि रोक्ने सहमति भएको छ।

जसअनुसार संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा सतर्क र सुरक्षित रूपमा रहनू पर्ने, होम फ्रन्ट कमान्डलगायत इजरायल सरकार एवं इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्नुपर्ने, अलर्ट एसएमएस आएमा तथा साइरन बजेमा हेलचेक्र्याइँ नगरी समयभित्रै आफू नजिक रहेको बम्ब सेल्टरमा अनिवार्य रूपमा जानुपर्ने, आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्डलगायतका कागजात आफ्नो साथमा राख्नुपर्ने, विकसित घट्नाक्रमबारे नियमित रूपमा अद्यावधिक जानकारी राख्नु पर्ने, सामाजिक सञ्जालमा देखिएका युद्धसम्बन्धी भिडिओ सेयर नगर्ने, साथीभाइ, परिवार तथा आफन्तसँग नियमित सम्पर्कमा रहनुपर्ने, आपत्‌कालीन अवस्थामा नेपाली राजदूतावासको सहयोगका लागि ं९७२५३५३६०७४८ र ं९७२५४५५८२०७७ नम्बरमा सम्पर्क गर्नुपर्ने लगायत छन् ।