टर्कीमा रहेको इजरायलको वाणिज्य दूतावास बाहिर गोलीकाण्ड, ३ जनाको मृत्यु

315
Shares

एजेन्सी । टर्कीको इस्तानबुल शहरस्थित इजरायली महावाणिज्य दूतावास रहेको भवन नजिकै मंगलबार भएको गोलीबारीको घटनामा तीनजनाको मृत्यु भएको छ । घटनामा दुई प्रहरी अधिकारी घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सको भिडियोमा गोली चलेको आवाज आएसँगै एक प्रहरी अधिकारीले बन्दुक निकालेर सुरक्षित स्थानमा ओत लागेको देखाइएको छ । त्यहाँ एक व्यक्ति रगतले लतपतिएको अवस्थामा देखिएका थिए।

Skip This