प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन (सूचीसहित)

329
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।

समितिको गठन सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । यस समितिले संसदका बैठक सञ्चालन, समय व्यवस्थापन र अन्य प्रक्रियागत विषयमा सभामुखलाई परामर्श दिने काम गर्नेछ।

समितिको बैठक सभामुखको अध्यक्षतामा बस्नेछ भने उपसभामुख र कानुन मन्त्री पदेन सदस्य रहनेछन्।

सदस्यहरू–

अच्युतम लामिछाने
अपसना बानु
आरेन राई
केपी खनाल
कामिनी चौधरी
क्रान्तिशिखा धिताल
खुश्बु ओली
गणेश सिंह ठगुन्ना
गुरुप्रसाद बराल
गंगालक्ष्मी अवाल
तपेश्वर यादव
देवराज पाठक
नरेन्द्रकुमार केरुङ
प्रकाशचन्द्र परियार
निशा डाँगी
बोधनारायण श्रेष्ठ
मिनाकुमारी यादव
युवराज दुलाल
राजन गौतम
डाक्टर राम लामा
विपिनकुमार आचार्य