माछापुच्छ्रे बैंकले बचत खातामा ६ प्रतिशत ब्याज दिने



 

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधासहितको एमबिएल स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । सो खातामा न्युनतम ५ हजार रुपैयाँ बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ ।

सो खातामार्फत् ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्ने छन् । स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा र लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

उक्त खाता खोलेपछि ग्राहकहरुले अब घरमै बसी आफ्नो बचतलाई मुद्दतीमा रुपान्तर समेत गर्न सक्ने छन् ।

बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकवर्गलाई प्रोत्साहित गर्ने उद्देष्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाटसम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु