रविले संसदमा भनेः राजनीतिक नियुक्ति पाएकाहरूले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनोस्

889
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा राजनीतिक नियुक्ति पाएकाहरलाई राजीनामा दिन आग्रह गरेका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब दुईतिहाई बहुमत पाएर सरकार गठन गरेको रास्वपा सभापतिले विगत सरकारले नियुक्त गरेकाहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका हुन्।

बिहीबार संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानले यस अघिका सरकारबाट राजनीतिक नियुक्ति लिएकाहरुले राजीनामा दिएर मार्ग प्रशस्त गर्न र रास्वपाको सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।