गोसाइकुण्डबाट फर्कदाँ खोचमा खसे, सुरक्षाकर्मीले गर्‍यो उद्धार

161
Shares

काठमाडौं । सिन्धुपाल्चोकको धार्मिक पर्यटकीय क्षेत्र गोसाईकुण्डबाट फर्कने क्रममा चैत १७ गते ललितपुर बाडेगाउँ निवासी २४ वर्ष मनिष शाक्य खोचमा खसे ।

हेलम्बु गाउँपालिका वडा नं. १ सर्कथली रिवलस्थित ध्याङजुङ जंगलको खोचमा फसेपछि उनलाई सुरक्षाकर्मीले उद्धार गरि परिवारको जिम्मा लगाएका छन् ।

नेपाली सेनाका सेनानी मिस्टर गुरूङ, इलाका प्रहरी कार्याल हेलम्बुबाट प्रहरी निरीक्षक संजीव योञ्जन र सशस्त्र प्रहरी प्रनानि इन्द्रेश्रर कुमार सिंहको सयुक्त २० जनाको टोली उद्धारका लागि खटिएको थियो ।

हेलम्बुबाट १७ किमि पैदल गस्ती र लोकेशन ट्र्याकिङ गरि १८ गते बिहान ०६:३० बजे उनलाई जंगलबाट सकुशल उद्धार गरी आफन्तसँग समन्वय गरि हेलम्बु वडा न २ का वडा अध्यक्ष पेम्बा लामाको रोहवरमा एम्बुलेन्समा हाली ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Skip This