आज तोलामा ७ हजार ४ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

588
Shares

काठमाडौं । बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रुपमा बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यसअघि मंगलबार सनुको मूल्य तोलाको २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य हिजोको तुलनामा ७ हजार ४ सय रुपैयाँले बढेको हो।

आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ ।

आजका लागि चाँदीको मूल्य तोलाको ४ हजार ९४५ रुपैयाँ तोकिएको छ । यसअघि हिजो चाँदी तोलामा ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।

Skip This