
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलका अधिकारीहरूसँग समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छन् ।
गृहमन्त्री गुरुङले राजु अर्याल नेतृत्वको टोलीसँग हालसम्म भएका कार्यहरूको समीक्षा गर्दै सुधार गर्नुपर्ने पक्षबारे छलफल थालेका हुन् ।
छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी, सम्भावित जोखिम न्यूनीकरणका रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइ । साथै, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने र तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन दिए ।
यसअघि सोमबार गृहमन्त्री गुरुङले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका थिए। सो क्रममा उनले सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर तथा पोलीग्राफ सेक्सनको निरीक्षण गर्नुका साथै सम्बन्धित गतिविधिबारे जानकारी लिएका थिए।
गृहमन्त्री गुरुङले सुरक्षा निकायलाई थप प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक सुधारलाई प्राथमिकतामा राखिएको बताए।








प्रतिक्रिया