
काठमाडौं । ‘ब्रिज कोर्स’ बन्द गर्ने सरकारको निर्णय विवादमा परेपछि सरकारले प्रष्टीकरण दीएको छ ।
सोमबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले विद्यार्थीको मानसिक स्वास्थ्य र हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।
अहिले सरकारले एसईईका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेको उनले बताए ।
‘पहिलो कुरा त एसईईको जाँचले गर्दा नै विद्यार्थीहरूको मानसिक अवस्थामा अलिकति असर परिरहेको छ । रिजल्ट आउन पनि एकदमै टाइम लाग्ने, हामीले त्यो रिजल्टको ड्युरेसन पनि घटाएका छौं,’ उनले भने, ‘रिजल्ट आउने बित्तिकै ब्रिज कोर्स पढ्न जाने, ११ को भर्नाको लागि विभिन्न कोचिङ सेन्टरहरूले विद्यार्थीहरूलाई तानातान गर्ने भएको हुनाले हामीले १० सकेर एसईई दिएर ११ को लागि ब्रिज कोर्स र ट्युसन सेन्टरहरू चाहिँ तत्कालै रोक्ने बैशाख १ गते देखि बन्द गर्ने निर्णय गरेका छौं ।’
त्यसभन्दा माथिल्ला तहको कोचिङ सेन्टरहरू भने कानुन बमोजिम दर्ता भएर सञ्चान गर्न पाउने उनले जानकारी दिए ।
‘युनिभर्सिटी तहका कोचिङ सेन्टरहरूले चाहिँ कानुन बमोजिम दर्ता भएर सञ्चालन गर्न पाउँछन्,’ उनले भने । तत्कालका लागि रोकिने ११ कक्षा जान खोजेकाको लागि भएको उनको भनाइ छ ।








प्रतिक्रिया