रमेश लेखकलाई रिहाई गर्न अदालतको अस्वीकार, सरकारका नाममा कारण देखाउ आदेश जारी

567
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्व–गृहमन्त्री रमेश लेखकलाई रिहाई गर्न माग गरिएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

पक्राउ परेपछि लेखककी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

जसमा सोमबार अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अश्वीकार गरेको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।