
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी यूनियन भङ्ग भएको छ ।
नेपाल सरकारको शासकीय सुधार र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै यूनियनले आफ्नो संगठन विघटनको घोषणा गरेको हो ।
यूनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार, गत २०८२ साल चैत्र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधारका कार्यसूचीहरू मध्ये बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न यो कदम चालिएको हो ।
सरकारको उक्त निर्णयलाई सकारात्मक रूपमा लिँदै बोर्डमा गठित कर्मचारी यूनियनलाई २०८२ चैत्र १५ गतेदेखि नै लागू हुने गरी भङ्ग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनिक क्षेत्रमा हुने अनावश्यक खर्च कटौती गर्ने र सरकारी संरचनालाई थप छरितो बनाउने सरकारको लक्ष्यलाई साथ दिन यूनियनले यस्तो निर्णय लिएको बुझिएको छ । यस निर्णयबारे सम्बन्धित सबै पक्षलाई जानकारी गराइसकिएको अध्यक्ष ओलियाले बताएका छन् ।









प्रतिक्रिया