राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पुगे गृहमन्त्री सुधन

0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ निरीक्षणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पुगेका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका गुरुङ अहिले प्रहरी कार्यालय र गृहमन्त्रालयसँग सम्बन्धित निकायहरूसँग समन्वय गर्न निरीक्षण गर्न पुगिरहेका छन् ।

गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट बीच कार्यालयमै छलफल भएको छ।

मन्त्रालय अन्तर्गतकै जोखिमको विषयमा गृहमन्त्रीले ब्रिफिङ गर्दै मनसुन अगाडि नै विपत व्यवस्थापनमा तयारी रहन अनुरोध गरे ।

कार्यकारी प्रमुख दिनेश भट्टले भने,’यो नियमित प्रक्रिया हो , अन्य गृहमन्त्रीहरु ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो विपद व्यवस्थापनका लागि पनि हामीलाई सहज हुने भयो।’

गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि विपद जोखिम न्यूनीकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपत हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको बताए ।