कुलमानले चुनावमा गरे १४ लाख १० हजार खर्च

84
Shares

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका काठमाडौं -३ बाट उम्मेदवारी दिएका कुलमान घिसिङले निर्वाचन आयोगसमक्ष खर्च विवरण पेश गरेका छन् । कुलमानले निर्वाचनमा १४ लाख १० हजार ०८० रुपैयाँ खर्च गरेका छन् ।

कुलमानले प्रचारप्रसारमा ३ लाख ८० हजार खर्च गरेका छन् । मनोनयन दर्ता १० हजार, सवारी साधन भाडा १५ दिनको ३ लाख २० हजार, व्याच-झण्डा लगायतको छपाइमा ३ लाख १० हजार, घरदैलो खाना खर्च २ लाख ७० हजार र कार्यालय कोठा भाडा १ लाख २० हजार रुपैयाँ गरि कुल १४ लाख १० हजार ०८० रुपैयाँ खर्च भएको विवरण घिसिङले निर्वाचन आयोगमा पेस गरेका छन् । घिसिङ उक्त क्षेत्रमा रास्वपा उम्मेदवार राजुनाथ पाण्डेसँग पाराजित भएका थिए ।

पेश गरिएको विवरणअनुसार सबैभन्दा बढी खर्च प्रचार–प्रसार सामग्री छपाइमा भएको देखिन्छ । प्रचार सामग्री छपाइमा ३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै सवारी साधन भाडामा १५ दिनको लागि ३ लाख २० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ ।

यस्तै, व्याज, टोपी तथा झण्डा छपाइमा ३ लाख ९० हजार रुपैयाँ खर्च गरिएको छ भने घरदैलोका क्रममा खाना खर्चतर्फ २ लाख ७० हजार ५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । कार्यालय सञ्चालन तथा कोठा भाडामा ९ महिनाको लागि १ लाख २० हजार रुपैयाँ खर्च गरिएको छ ।

यसअघि मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च गरिएको पनि विवरणमा समावेश छ ।

उक्त सबै शीर्षकको खर्च जोड्दा कुल १४ लाख १० हजार ५० रुपैयाँ खर्च भएको देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा दर्ता भएको उक्त विवरणमा उम्मेदवार घिसिङले हस्ताक्षरसमेत गरेका छन् ।