यस्तो छ केपी ओलीलाई समात्न प्रहरीले काटेको ‘पक्राउ पुर्जी’

595
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको लेटरहेड र छापसहितको उक्त पत्रमा ओलीलाई ‘ज्यान सम्बन्धी कसूर’ मा अनुसन्धानका लागि तत्काल पक्राउ गर्न पुर्जी जारी भएको उल्लेख छ ।

‘अनुसूची-९ (दफा ९ को उपदफा (६) सँग सम्बन्धित)’ पत्रको विषय ‘पक्राउ पुर्जी दिइएको सम्बन्धमा’ भनिएको छ । पत्रमा श्री के.पी. शर्मा (ओली) भन्ने खड्ग प्रसाद शर्मा ओली, ठेगाना भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु उल्लेख गरिएको छ ।

पत्रको व्यहोरामा लेखिएको छ, ‘तपाईंलाई ज्यान सम्बन्धी कसूर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’ पत्रको मिति चैत १४ गते उल्लेख छ ।