
काठमाडौं । एसजी नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब सवा १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा १ अर्ब १८ करोड रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा २ अर्ब ६ करोड ९० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ९२ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९९ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको व्यापार गत आवको तुलनामा चालु आवको ६ महिनाको अवधिमा १४ प्रतिशतले आम्दानी बढेको उल्लेख छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ५ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२५ मा ३ प्रतिशत खुद नाफा कमाएको थियो । कम्पनीको कुल नगद सञ्चय ६ करोड ८० लाख रुपैयाँ छ । सन् २०२४ मा १ करोड ४० लाख रुपैयाँ थियो ।
सन् २०१३ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका सामग्री आयात गरी बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले म्याक्सी चोको, म्याक्सी प्यान, म्याक्सी प्रिमियम ब्रान्डका सामग्री आयात गरी बजारमा बिक्री–वितरण गर्दै आएको हो ।
सरावगी ग्रुपद्वारा सञ्चालित कम्पनीमा अजयकुमार सरावगीको २२.५ प्रतिशत स्वामित्व छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९३ करोड ५७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १९ करोड ७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया