प्रभु बैंकको २ नयाँ शाखा कार्यालय बरेङ्ग गाउँपालिका र माछापुर्च्छे गाउँपालिकामा सञ्चालन



काठमाडौं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका र कास्की जिल्लाको माछापुर्च्छे गाउँपालिकामा शाखा कार्यालय शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका वडा नं. २ स्थित बैंकको बरेङ्ग शाखा बरेङ्ग गाउँपालिकाकी अध्यक्ष कृष्ण प्रसाद शर्मा र कास्की जिल्ला माछापुर्च्छे गाउँपालिका वडा नं. ४ स्थित माछापुर्च्छे शाखा माछापुर्च्छे गाउँपालिका उपाध्यक्ष सुष्मा कुमारी दबाडीले उद्घाटन गरिन् ।

आजदेखि सञ्चालनमा आएका बैंकका बरेङ्ग शाखा कार्यालय र माछापुर्च्छे शाखा कार्यालय बाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्न सहयोगी हुने बैंकले जनाएको छ ।


क्लिकमान्डु