आज तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ?


काठमाडौं । नेपालमा सुनको भाउ आइतबार उल्लेख्य रुपमा घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८२ हजार तोकिएको छ ।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको हो ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको ४ हजार ५४० रुपैयाँ तोकिएको छ । यसहिसाबमा आज चाँदीको भाउ तोलामा ३५५ रुपैयाँले घटेको हो ।