
काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक विक्रेता अग्नि इनकर्पोरेटेड प्राइभेट लिमिटेडले पोखरामा आफ्नो अत्याधुनिक ‘इलेक्ट्रिक ओरिजिन’ एसयूभीहरू— बीई ६ (बीई सिक्स) र एक्सईभी ९ई (एक्सईभी ९ ई) सार्वजनिक गरेको छ।
पोखराका लागि आधिकारिक विक्रेता बिबि इनकर्पोरेटेडको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा एक विशेष समारोहका बीच यी गाडीहरू सार्वजनिक गरिएको हो।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाका कन्ट्री हेड चैतन्य कागलकार लगायतको उपस्थिति थियो।
महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित यी गाडीहरू संसारकै उत्कृष्ट अटोमोटिभ आर्किटेक्चर एमएआईएबाट सञ्चालित छन्।
बीई ६ (बीई सिक्स) गाडी विशेषगरी ‘एडभेन्चर’ र ‘पर्फमेन्स’ चाहनेहरूका लागि तयार पारिएको हो। यसको मूल्य ५७ लाख रुपैयाँबाट सुरु हुन्छ।
त्यस्तै एक्सईभी ९ई (एक्सईभी ९ ई) लक्जरी ‘एसयूभी कुप’ हो, जसमा सिनेमाटिक ट्रिपल स्क्रिन डिस्प्ले र भिजन-एक्स हेड-अप डिस्प्ले जस्ता सुविधाहरू छन्। यसको सुरुवाती मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ।
यी गाडीहरूमा ५९ किलोवाट र ७९ किलोवाट क्षमताका ब्याट्री प्याकहरू उपलब्ध छन्। ७९ किलोवाटको ब्याट्रीले एक्सईभी ९ई मा ६५६ किमि र बीई ६ मा ५५७ किमिसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
सुरक्षाका लागि यसमा एडीएएस लेभल २-२ं, ३६० डिग्री सर्भेलेन्स क्यामेरा र ‘आई-डेन्टिटी’ ड्राइभर मनिटरिङ सिस्टम जस्ता अत्याधुनिक फिचरहरू छन्।
कार्यक्रममा बोल्दै अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने, ‘इलेक्ट्रिक मोबिलिटीमा रूपान्तरण हुनु नेपालको दिगो विकास र ऊर्जा आत्मनिर्भरताका लागि महत्त्वपूर्ण कदम हो। पोखरा जस्ता क्षेत्रीय सहरहरूमा यी गाडीहरू उपलब्ध गराउनुले नेपालको आर्थिक र वातावरणीय क्षेत्रमा दीर्घकालीन लाभ पुग्नेछ।’
यी दुवै मोडलका विभिन्न भेरियन्टहरू (प्याक वान एबोभ, प्याक टु र प्याक थ्री) का लागि कम्पनीले बुकिङ खुला गरिसकेको छ। गाडीमा ८ वर्ष वा २,००,००० किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ।
यसअघि चैत ३ देखि ५ गतेसम्म पोखराका मनिपाल, सेलवे डिपार्टमेन्ट स्टोर र लेकसाइड क्षेत्रमा यी गाडीहरूको प्रदर्शनी गरिएको थियो, जसलाई स्थानीय ग्राहकहरूले निकै रुचाएका थिए।








प्रतिक्रिया