
काठमाडौं । गृह मन्त्रालयले चैत ७ गते शनिबारका दिन इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदुल फित्र (ईद) को अवसरमा सार्वजनिक बिदा हुने जानकारी गराएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्र बमोजिम २०८२ साल चैत ७ गते शनिबारका दिन ‘ईदुल फित्र’ परेको बेहोरा जानकारी गराएको हो ।
वि.सं. २०८१ फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो पर्वमा सार्वजनिक बिदा दिने व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुस्लिम आयोगबाट प्राप्त पत्र बमोजिम मिति २०८२ साल चैत ७ गते शनिबारका दिन ईद (ईदुल फित्र) परेको बेहोरा जानकारी हुन आएको हुँदा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा मन्त्रालय हार्दिक शुभकामना व्यक्त गर्दछ ।’ नेपालमा शनिबार साप्ताहिक सार्वजनिक बिदा हुने भए तापनि सोही दिन राष्ट्रिय स्तरको पर्व परेकाले गृह मन्त्रालयले औपचारिक रूपमा सूचना जारी गरेको हो ।











प्रतिक्रिया