सक्रिय भयो मौसमी प्रणाली, दाङमा सबैभन्दा धेरै पानी, बुटवलमा दिउँसै अध्यारो

553
Shares

काठमाडौं ।  नेपालमा मौसमी प्रणाली सक्रिय हुँदा देशका केही स्थानमा अहिले पानी परिरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही जिल्लामा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, पछिल्लो तीन घण्टामा दाङको अम्बापुरमा सबैभन्दा बढी ३३.८ मिलिमिटर पानी परेको छ ।

‘यो प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको छ । आवश्यक सतर्कता अपनाउनुहोला,’ महाशाखाले भनेको छ ।

रुपन्देहीमा दिउँसै अध्यारो भएको छ भने चितवन लगायका स्थानमा हावाहुरी चलेको छ ।

आज र भोलि लुम्बिनीको अधिकांश जिल्ला र कोशीका जिल्लाहरुमा हावाहुरीसहित असिना पानी पर्ने मौसम विभागले प्रक्षेपण गरेको छ ।

Skip This