नगरकोटमा दुई बाइक चालकमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

6.6k
Shares

काठमाडौं । नगरकोट जाने बाटोमा बाइक राइडिङमा रहेका युवाहरूमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो ।

केही दिनअघि नगरकोटतर्फ जाँदै गरेका दुई जना भ्लगर माथि तामाङले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए । सामान्य विवादजस्तो देखिएको उक्त घटनामा युवाहरूले आफूहरूको कुनै गल्ती नरहेको बताइरहँदा पनि उनले पालैपालो आक्रमण गरेका थिए ।

घटनाको भिडियो ती युवाहरूले गोप्रो क्यामेरामा कैद गरेका थिए, जुन पछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियो सार्वजनिक भएसँगै दोषीमाथि कारबाहीको माग व्यापक रूपमा उठेको थियो ।

सोही आधारमा प्रहरीले उनको खोजी तीव्र बनाएर बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Skip This