
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
विभागका अनुसार शुक्रबार (चैत्र ६) लुम्बिनी प्रदेशअन्तर्गत दाङ, नेपालगञ्जसहित तराई आसपासका जिल्लाहरूमा ठूलो हावाहुरी चल्ने अनुमान गरिएको छ । त्यस्तै शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा पनि यस्तै प्रकारको मौसम देखिने सम्भावना रहेको छ ।
हावाहुरीको गति करिब ३३ मिटर प्रति सेकेण्ड (झण्डै ११९ किलोमिटर प्रतिघण्टा) सम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।
यस प्रकारको हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा प्रभावित हुने जोखिम रहने विभागले जनाएको छ। त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।









प्रतिक्रिया