सिलिन्डर लुकाएको सूचनाका आधारमा छापा मार्न प्रहरी जाँदा युवायुवतीको भागाभाग

672
Shares

पटना । बिहारको पटना जिल्ला अन्तर्गत मोकामामा प्रहरी ग्यार लुकाएर राखेको सूचनाको आधारमा होटलमा छापा मार्न जाँदा युवायुवतीको भागभाग भएको छ । अवैध रूपमा लुकाइएका घरेलु ग्यास सिलिन्डर बरामद गर्न गएको प्रहरी जब होटलभित्र पस्यो, त्यहाँको दृश्य देखेर प्रहरी टोली नै जिल्ल परेको हो ।

घटना मोकामा स्टेशन रोडस्थित ‘नीलम किचन होटल’ को हो । बाढका एसडीपीओ आनन्द कुमार सिंहलाई सामाजिक सञ्जाल ‘एक्स’ मार्फत होटलमा घरेलु ग्यास सिलिन्डरको अवैध प्रयोग र कालोबजारी भइरहेको उजुरी आएको थियो । सोही उजुरीको आधारमा जब प्रहरी टोली होटल पुग्यो, होटलभित्र युवायुवतीको भागभाग मच्चिएको समाचार नवभारत टाइम्सले लेखेको छ । प्रहरीलाई देख्नेबित्तिकै केही युवतीहरू होटलको छततिर भाग्न थालेका थिए ।

शंका लागेर प्रहरीले होटलका कोठाहरूमा खानतलासी सुरु गर्दा भित्रको दृश्य आपत्तिजनक थियो । होटलका ५ वटा छुट्टाछुट्टै कोठामा ३ युवक र ४ युवतीहरू आपत्तिजनक अवस्थामा फेला परे ।

प्रहरीले घटनास्थलबाट ४ वटा घरेलु ग्यास सिलिन्डर बरामद गर्नुका साथै ठूलो मात्रामा आपत्तिजनक सामग्रीहरू पनि जफत गरेको छ ।

एसडीपीओ आनन्द कुमार सिंहका अनुसार होटल सञ्चालक सियाराम सिंहसहित पक्राउ परेका सबैलाई मोकामा थाना लगिएको छ । होटलका कोठाहरूलाई सिल गरिएको छ र होटलको गेस्ट रजिस्टर पनि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

बिहारमा पछिल्लो समय ग्यास सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गिरोह सक्रिय भएको बताइएको छ ।

बिहारका प्रहरी महानिर्देशक विनय कुमारले यस्ता जम्माखोरहरू विरुद्ध कडा कारबाही गर्न आदेश दिएका छन् । सोही अभियान अन्तर्गत बिहारका विभिन्न जिल्लामा छापा मारेर हालसम्म २९३ वटा सिलिन्डर बरामद गरिसकिएको छ ।

Skip This