
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा २ हजार २०० र चाँदी १८५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ कायम भएको हो ।
हिजो मङ्गलवार एक तोला छापावाल सुन ३ लाख ९ हजार ९०० र एक तोला चाँदी ५ हजार ३३५ रुपैयाँ कारोबार भएको थियो ।
गत सोमवार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ निर्धारण भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया