
काठमाडौं । नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट आधि तौलको ग्यास सिलिण्डर वितरण गराउँदै छ । निगमले नौं ब्राण्डको २९ हजार ३०४ वटा सिलिण्डर आज बितरण गर्दैछ ।
निगमका अनुसार काठमाडौं उपत्यकाको २८ स्थानबाट हिमाल ब्राण्डको सिलिण्डर २ हजार ४ सय ९७ वटा, नेपाल ग्यासको नेपाल आयल निगमको टेकुस्थित कार्यालयसहित ८८ स्थानबाट ९ हजार २५०, श्रीराम ग्यासले ५३ स्थानबाट ४ हजार ४९८ वटा सिलिण्डर आज बितरण हुँदैछ ।
यस्तै सिद्धार्थ ग्यासको २३ स्थानबाट १ हजार ७०८ वटा, सीताश्री ग्यासकोे ५८ स्थानबाट ३ हजार ४२२ वटा, सुगम ग्यासको २७ स्थानबाट २ हजार ८२० वटा, सूर्य ग्यासको १८ स्थानबाट २ हजार ६६१ वटा र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ३५ स्थानबाट २ हजार ४४८ वटा ग्यास सिलिण्डर आज उपत्यकाभरमा बितरण हुँदैछ ।
















प्रतिक्रिया