राप्रपाले टुंग्यायो समानुपातिक सांसद, खुस्बुसहित यी हुन् ४ जना

1.6k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको हो ।

राप्रपाले खसआर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खसआर्य महिलातर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन् ।

राप्रपाले प्रत्यक्षमा १ सिट जितेको थियो भने समानुपातिकमा ४ सांसद पाएको थियो । निर्वाचन आयोगले दलहरूलाई समानुपातिकबाट सांसद बन्नेहरूको सूची बुझाउन आजसम्मको समय दिएको छ ।