
काठमाडौं । उमेदवारी खारेजीमा परेका किशोरी साहको मुद्दामा शुक्रबार मात्रै आदेश आउने भएको छ । सर्वोच्च अदालतले आगामी शुक्रबार धनुषा–१ को निर्वाचन विवादवारे आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भन्दै सोही दिन दुबै पक्षलाई बाेलाएको छ ।
उम्मेदवारी खारेजीमा परेका धनुषा–१ का रास्वपाका उम्मेदवार किशोरी साह कमलले पेस गरेको रिट निवेदनमाथि आगामी शुक्रबार सुनुवाइ गर्ने आदेश गरेको हो ।
दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने तय गर्नु उपयुक्त हुने भन्दै सर्वोच्च अदालतले आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
साहको उम्मेदवारी खारेज गर्नुको निर्णय सम्बन्धित सम्बन्धमा सर्वोच्च अदालतले शुक्रबार नै अन्तरिम आदेश जारी हुने वा नहुनेबारे छलफल र आदेश समेत गर्ने भएको छ ।








प्रतिक्रिया