
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार, गिरीले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै जीत हासिल गरेका हुन् ।
विजयी गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत ल्याए । उनीहरूबीच ५४० मतको अन्तर रहेको छ ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापा ६ हजार ३५ मतका साथ तेस्रो स्थानमा रहे । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश शाहले ३ हजार ४ सय २८ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया