
काठमाडौं । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम भारी मतान्तरका साथ विजयी भएका छन् ।
यस जीतसँगै गौतमले आफ्नो पहिलो संसदीय यात्रा तय गरेका हुन् ।
गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत मात्र पाए । गौतमले ३४ हजार ६ सय ५२ को विशाल मतान्तरले जीत हासिल गर्दै कांग्रेसको किल्ला मानिने यस क्षेत्रमा शानदार सफलता हात पारेका हुन् ।
यसअघि २०७९ सालको निर्वाचनमा गौतम कांग्रेस नेता डा. शशांक कोइरालासँग पराजित भएका थिए । अघिल्लो हारलाई बिर्सिँदै यसपटक उनले आफ्ना प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन् ।








प्रतिक्रिया