
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् । मात्र २५ वर्षका उप्रेती यसपटकको संघीय संसदमा सबैभन्दा कान्छा सांसद बन्ने भएका छन् ।
उप्रेती ३० हजार ५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलालाई ११ हजार २ सय ४ मतान्तरले पराजित गरे । बर्तौलाले १८ हजार ८ सय ४६ मत प्राप्त गरे ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत पाए । नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्टले १२ हजार ४ सय ९२ मत र उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतानले ६ हजार २ सय ३७ मत प्राप्त गरे ।
मकवानपुरको मनहरि गाउँपालिका–७ का स्थानीय बासिन्दा उप्रेती यसअघि काठमाडौँ महानगरका मेयर बालेन शाहको सचिवालयमा रहेर काम गरेका थिए । पछि बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री हुँदा उनी स्वकीय सचिवका रूपमा कार्यरत थिए ।








प्रतिक्रिया