सम्पूर्ण अपडेट

सिरहा–३ मा रास्वपाका डा. शम्भु यादव भारी मतान्तरले विजयी

112
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. शम्भु यादव विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार यादव ३२ हजार २ सय ४९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्व सांसद लीलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरे । यादव र श्रेष्ठबीच २२ हजार ९३ मतको ठूलो अन्तर देखिएको छ ।

अन्य प्रतिस्पर्धीहरूमध्ये नेकपाका विश्वनाथ साहले ९ हजार ९ सय ४२ मत, नेपाली कांग्रेसका डा. सुभाषचन्द्र यादवले ९ हजार ८ सय ७९ मत र जनता समाजवादी पार्टी (जसपा) का अशेश्वर यादवले ५ हजार ६ सय ७० मत प्राप्त गरेका छन् ।