
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट विजेता भएका रास्वपाका उमेदवार डा. अमरेशकुमार सिंहलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बधाई दिएका छन् ।
थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा.अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा बधाई दिँदै मधेशका समस्या समाधानमा प्रतिवद्ध हुने पनि बताएका छन । थापाले भनेका छन्, ‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।’
थfपा अमरेशसँग चुनावी प्रतिस्पर्धामा १३ हजार मतान्तरसहित पराजित भएका छन् । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत मात्रै पाएका छन् ।








प्रतिक्रिया