
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार विहान ८ बजेसम्मको मतगणना अनुसार एक सय एक सिटमा जित हासिल गरेको छ ।
अझै रास्वपाले २४ सिटमा अग्रता लिइरहेको छ । हालसम्म गणना भएको क्षेत्रहरुमा रास्वपाले लिएका अग्रतामा भारी मतान्तरण रहेकोले सबैजसोमा जित निकाल्न सक्ने देखिएको छ ।
नेपाली कांग्रेसले १५ सिट जितेको छ भने एउटामा मात्रै अग्रता लिएको छ । यस्तै एमालेले ७ जिट सितेर ४ सिटमा मात्रै आग्रता लिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ६ सिट जितेर २ सिटमा अग्रता लिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट जितेको छ भने स्वातन्त्र उमेदवार महावीर पुनले म्याग्दीबाट जित निकालेका छन् ।
समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाले नै बलियो पकड बनाइरहेको छ ।
रास्वपाले ११ लाख ९५ हजार, कांग्रेसले ४ लाख, एमालले ३ लाख २० हजार, नेकपाले १ लाख ५२ हजार, राप्रपाले ८७ हजार र श्रम संस्कृति पार्टीले ४५ हजार मत प्राप्त गरेको छ ।








प्रतिक्रिया