
धनुषाधाम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी भएका छन ।
निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरे ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गरे ।








प्रतिक्रिया