सम्पूर्ण अपडेट

सर्लाही–३ मा रास्वपाका साह विजयी

28
Shares

सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार विजयी भएका छन ।

निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार उनले ४६ हजार ८९० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरे ।

नवनिर्वाचित साहले ३३ हजार ५५२ मतान्तरले विजयी भएका हुन् ।