सम्पूर्ण अपडेट

मोरङ–३ मा रास्वपाका कार्की विजयी

84
Shares

मोरङ । मोरङका ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी भएका छन् ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उनले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरेका थिए । नेकपा (एमाले) का उम्मेदवार इरन राईले सात हजार ७५२ मत प्राप्त गरेका थिए ।