
काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा पूर्वसभामुख देवराज घिमिरे पराजित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे पूर्वउपसभामुख इन्दिराराना मगरसँग पराजित भएका हुन् ।
रास्वपाबाट उम्मेदवार बनेकी मगरले ५२ हजार ३०६ मत पाउँदा घिमिरेले ९ हजार ८०५ मत पाए । यस्तै श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले ६ हजार ३४७ मत पाए । नेपाली कांग्रेसकी सरिता प्रसाईले ४ हजार ९७६ मत प्राप्त गरिन् ।








प्रतिक्रिया