सम्पूर्ण अपडेट

१९ पटक मन्त्री बनेका शरतसिंह भण्डारी पराजित, रास्वपाका साह निर्वाचित

294
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् ।
उनले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरे ।

दीपककुमार ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत ल्याए ।


नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५ मत ल्याउँदा एमालेका कासिम नदाफले ३ हजार ५२४ मत ल्याए ।

त्यस्तै नेकपाका लक्ष्मणकुमार यादवले ७३७ मत ल्याउँदा जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत ल्याए ।