
काठमाडौं । संखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो चरणको मतगणना अनुसार, नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् ।
कार्कीले ३ सय ७७ मत प्राप्त गरेका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले ३ सय ८ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठ ९४ मतका साथ तेस्रो स्थानमा छन् ।
श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ६८ मत र नेकपाकी सरिता थापाले ५८ मत प्राप्त गरेकी छन् ।
जिल्ला सदरमुकाममा मतगणना जारी रहेको छ ।








प्रतिक्रिया