
काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो भारी मतान्तरले निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार, महतोले ४२ हजार ५ सय १२ मत प्राप्त गरी जीत हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका महिन्द्र राय यादवले ८ हजार ५ सय २३ मत मात्र प्राप्त गरे ।
महतो र यादवबीच ३३ हजार ९ सय ८९ को विशाल मतान्तर रहेको छ ।
यस्तै, नेपाली कांग्रेसका सरोज कुमारले ७ हजार ३९ मत र राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले ५ हजार ९ सय ९२ मत प्राप्त गरे ।








प्रतिक्रिया