
काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नितिमा भण्डारी कार्की भारी मतान्तरका साथ निर्वाचित भएकी छन् ।
अन्तिम मतपरिणाम अनुसार, कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गरी विजयी भएकी हुन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई ३६ हजार ३ सय १० मतको विशाल अन्तरले पराजित गरिन् ।
श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरे भने नेकपा एमालेका मनोजकुमार देवकोटा ६ हजार १ सय १ मतका साथ तेस्रो स्थानमा रहे ।








प्रतिक्रिया