
काठमाडौं । रोल्पामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा पूर्वअर्थमन्त्री एवं नेकपाका उम्मेदवार वर्षमान पुनले आफ्नो अग्रतालाई निकै मजबुत बनाएका छन् ।
पुनले २२ हजार ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले ९ हजार ८ सय ७६ मत पाएका छन् ।
पुन र वलीबीच १२ हजार २ सय २० मतको फराकिलो अन्तर छ ।
अब गणना गर्न करिब १४ हजार मत मात्र बाँकी रहेकाले पुनको जीत लगभग निश्चित देखिएको छ ।
यस क्षेत्रमा रास्वपाका बालाराम थापा र एमालेका गोकुल घर्ती क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।








प्रतिक्रिया